२०८२, २९ कार्तिक शुक्रबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जंगलभित्र लगेर कस्ले लगायो कारमा आगो ?



 झापाको मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामदायिक वनभित्र बिहीबार (कात्तिक १३) बिहान एउटा कार जलेको अवस्थामा फेला परेको छ ।

मेची राजमार्गअन्तर्गतको चारआली–चन्द्रगढीखण्डको सडकबाट २०० मिटर टाढा जंगलभित्र कार पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । कार आगजनीबारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

कारको नम्बर प्लेट समेत जलेको जनाइएको छ । उनले भने, “जलिरहेको अवस्थामा कार फेला परेको छ, कसले कारमा आगजनी गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।”

आगजनीमा परेको कारलाई सडकबाट जंगलभित्र लैजाँदै गरेको स्थानीयले देखेका थिए । त्यसको केही बेरमा कारमा आगजनी भएपछि प्रहरीलाई खबर गरिएको हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए ।

चालकले नै वनभित्र लगेर कारमा आगो लगाएको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । आगजनीपछि कार चालक फरार भएका छन् । स्थानीयले खबर गरेपछि प्रहरी र दमकल घटनास्थलमा पुगेको थियो ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक बिहीबार ००:००  ३ : १४ बजे