२०८२, २९ कार्तिक शुक्रबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश



जिल्ला अदालत काभ्रेपलाञ्चोकले दलित अभियन्ता खगेन्द्र सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको छ। न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले बिहीबार सुनारलाई धरौटीमा छोड्ने आदेश दिएको हो।

अदालतको अवहेलना र अधिवक्तालाई अपशब्द बोलेको भन्दै मुद्दा खेपिरहेका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए। सुनारले अधिवक्ता मनिषा गौतमविरुद्ध अपशब्द प्रयोग गर्दै फेसबुक स्टाटस लेखेको, सामाजिक सञ्जालमा लाइभ बसेर गालीगलोज गरेको आरोपमा गौतमले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार हुँदा सुनारको नामसमेत सिफारिस भएको थियो। उनीमाथि यही मुद्दाका विषय बाहिरिएपछि अन्तिम समयमा नाम सूचीबाट हटाइएको थियो।

प्रकाशित मिति : २०८२, १४ कार्तिक बिहीबार ००:००  ५ : २२ बजे