२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेची राजमार्ग अवरुद्ध



निरन्तरको वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्ग स्थित राजदुवाली सडकखण्ड दबिँदै, भासिँदै र चिरिँदै गएपछि सवारी सञ्चालनमा रोक लगाइएको छ।

गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि खोलिएको नयाँ ट्र्याकको ठाउँ–ठाउँमा पहिरो गएका कारण र जमिन भासिएका कारण राजमार्ग अवरुद्ध भएको हो।

बाढी र पहिरोका जोखिम बढेका कारण इलाम प्रशासनले बिहीबार साँझदेखि यो सडकमा सवारी आवागमन बन्द गराएको थियो। रातभरको पानीले सडकमा क्षति पुगेपछि सडकमा सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

अर्को सूचना जारी नभएसम्मका लागि उल्लेखित बाटो हुँदै सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ।

प्रकाशित मिति : २०८२, १४ कार्तिक शुक्रबार ००:००  १० : २५ बजे