२०८३, १४ श्रावण बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य फेरी बढ्यो



लगातर घट्दो क्रममा रहेको सुनको भाउ शुक्रबारदेखि बढ्न थालेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सुचीअनुसार शुक्रबारको तुलनामा आइतबार पनि सुन प्रतितोला सात सय रूपैयाँले बढेको हो।

आइतबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार भने सुन प्रतितोला दुई लाख ३९ हजार रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले घटेको छ। शुक्रबार तोलाको तीन हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार ५५ रूपैयाँ पुगेको हो।

अन्तर्राष्ट्रिय बजारमा अहिले भने सुन प्रतिऔंस चार हजार २ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८२, १६ कार्तिक आइतबार ००:००  १२ : ४१ बजे