२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घ्याङ्लेखका अध्यक्षले प्रयोग गर्दै आएको गाडी गाउँपालिकालाई फिर्ता



सिन्धुलीको घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले आफुले प्रयोग गर्दै आएको गाउँपालिकाको गाडी फिर्ता गर्नु भएको छ ।

अध्यक्ष भोलनले बा २ झ ३६८० नम्बरको गाडी कार्यालय प्रयोजनका लागि गाउँपालिकालाई जिम्मा दिएका हुन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै उनले देशको वर्तमान विषम राजनीतिक र आर्थिक परिस्थितिलाई मध्यनजर गर्दै अबदेखि गाउँपालिकाको गाडी व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्ने निर्णय गर्नु भयो

गाउँपालिका उपाध्यक्ष शंकरमान घलानको गाडी जेन्जी आन्दोलनका क्रममा जलाइएपछि, आफू मात्र गाडीमा सवार हुनु नैतिक रूपमा उचित नलागेको भन्दै गाडी फिर्ता गरेको अध्यक्ष भोलनले अनलाइन सरोकारलाई बताउनु भयो ।

उहाँका अनुसार उक्त गाडीलाई सुत्केरी, बिरामी र स्थानीयको अत्यावश्यक सेवा प्रयोजनका लागि निशुल्क उपलब्ध गराइने छ ।

भोलनले आवश्यक परेको खण्डमा कर्मचारीको मोटरसाइकल प्रयोग गर्ने तर गाडीमा सवारी नगर्ने जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०८२, १८ कार्तिक सोमबार ००:००  १ : १६ बजे