२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मरिण गाउँपालिकाद्धारा जिल्ला प्रशासन र अदालतलाई उपरकण सहयोग



जेनजी आन्दोलनपछि उत्पन्न आगजनी र तोडफोडका घटनाले कार्यालय सञ्चालनमा कठिनाइ खेपिरहेको अवस्थामा सिन्धुलीको मरिण गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई र जिल्ला अदालत सिन्धुलीलाई विभिन्न सामाग्रीसहयोग गरेको छ ।

गाउँपालिकाको तर्फबाट जिल्ला प्रशासन कार्यालयलाई र जिल्ला अदालत सिन्धुलीलाई १ थान कम्प्युटर, १ थान ल्यापटप र १ थान कलर प्रिन्टर औपचारिक रूपमा हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष विमर्श मोक्तानले अनलाइन सरोकारलाई बताउनु भयो ।

गत आइताबार गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान र प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास लगायतको विशेष उपस्थितिमा उपकरणहरू प्रदान गरिएको थियो।

मरिण गाउँपालिकाले यस कार्यमार्फत सहयोग, समन्वय र सहकार्यको भावनालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
गाउँपालिकाले विपद् र कठिनाइका समयमा परस्पर सहयोगमार्फत प्रशासनिक सेवाको निरन्तरता सुनिश्चित गर्न सधैं अग्रसर रहने जनाएको छ।

प्रकाशित मिति : २०८२, १८ कार्तिक सोमबार ००:००  २ : ४८ बजे