२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोखा–२ मा कच्ची सडकमा धमाधम ढलान कार्य जारी



काठमाडौँको टोखा नगरपालिका–२ नम्बर वडाले कच्ची सडकलाई स्तरउन्नति गर्दै धमाधम ढलान कार्य अगाडि बढाएको छ। वडा नम्बर ३ को भत्केको पुलदेखि बाखुनटोलसम्मको सडक सुधारका लागि करिब रु. १ करोड ९० लाख ४३ हजार ७ सय ४ रुपैयाँ बजेट विनियोजन गरिएको छ।

उक्त सडक निर्माण कार्य संघीय सरकार र टोखा नगरपालिकाको समपुरक बजेट अन्तर्गत भइरहेको टोखा–२ का वडा अध्यक्ष धमेन्द्र श्रेष्ठले अनलाइन सरोकारलाई बताउनु भयो ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार, “फुटपाथ र बेस निर्माण कार्य सम्पन्न भइसकेको छ। अहिले डरकुपाचामा ढलानको काम तीव्र गतिमा भइरहेको बताउनुभयो।

कुल २१५ मिटर सडकमा ढलान र ७१५ मिटरमा बेस तथा फुटपाथ निर्माण गरिने योजना रहेको छ। जस अन्र्तगत पुटपाथ र बेसको काम सम्पन्न भइ सकेको छ ।
श्रेष्ठका अनुसार कार्तिक १६ गते आइतबारदेखि सुरु भएको काम करिब एक हप्ताभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ।

सडक निर्माणको जिम्मा प्रीमेन बिज्नेस प्रा. लि. ले लिएको छ।
ढलान कार्य सम्पन्न भएपछि बालाजु हुँदै टोखा–झोर मार्ग भएर नुवाकोटसम्म पुग्न सहज र छिटो हुने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूका अनुसार सडक सुधारले आवागमन, व्यापार र पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २०८२, १८ कार्तिक सोमबार ००:००  ५ : ०३ बजे