जेन्जी आन्दोलनको क्रममा गोली लागेर गम्भीर घाइते भएका धर्मेन्द्र शाहीलाई हेड्स नेपालले आर्थिक सहयोग प्रदान गरेको छ ।
जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागी गम्भीर घाइते भएका कालिकोट जिल्ला शुभकालिका गाउँपालिका –६, छाउडी निवासी २२ वर्षीय धर्मेन्द्र शाहीलाई हेड्स नेपालले नागार्जुन–१ स्थित उहाँकै डेरामा पुगेर नगद २० हजार रुपैयाँ सहयोग गरेको हो ।
अस्पतालमै गएर घाइतेहरूको अवस्था बुझ्ने क्रममा नेपाल सरकारले समेत घाइते कार्ड वितरण गर्दै सहयोग गरिरहेको थियो । आर्थिक अवस्था कमजोर रहेका केही घाइतेहरूलाई अध्ययनदेखि आवाससम्मका आवश्यकता पूरा गर्न सहयोग जुटाउने उद्देश्यले हेड्स नेपालले सो पहल गरेको संस्थाका अध्यक्ष दिलिप देवकोटाले अनलाइन सरोकारलाई बताउनु भयो ।
अध्यक्ष देवकोटाका अनुसार, हाल सीए अध्ययनरत शाहीलाई “आर्थिक सहयोगभन्दा बढी हिम्मत र आत्मबल बढोस्” भन्ने उद्देश्यले उनको निवासमै पुगेर सहयोग प्रदान गरिएको हो । आमाको निधन भइसकेको, दुर्गम क्षेत्रबाट आएका र दिदी–भिनाजुको सहयोगमा अध्ययन गरिरहेका शाहीको अवस्था नाजुक रहेकाउहााले बताउनु भयो ।
हेड्स नेपालले वि.सं. २०५० मा स्थापना भई “दिलोज्यानले मानव समुदायको सेवा गरौं” भन्ने मूल मन्त्रसहित विगत ३२ वर्षदेखि स्वास्थ्य, शिक्षा, कृषि तथा प्राकृतिक प्रकोपलगायत क्षेत्रमा सक्रिय रहँदै आएका अध्यक्ष देवकोटाले बताउनु भयो ।
संस्थाले आफ्ना सदस्यहरूको सदस्यता शुल्क तथा परोपकारी व्यक्तिहरूको सहयोगबाट स्वास्थ्य, शिक्षा, कृषि, जैविक र प्राकृतिक प्रकोपमा देशभर निरन्तर सेवा पु¥याउँदै आएको छ ।












