२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रञ्जु दर्शनाको नेतृत्वमा नयाँ दल दर्ता : बालेन, कुलमान र सुमनाको समर्थन



जेन्जी आन्दोलनपछिको बहुप्रतिक्षीत टिमले नयाँ राजनीतिक पार्टी दर्ताको तयारी थालेको छ ।

काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन), ऊर्जामन्त्री कुलमान घिसिङ, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ र विवेकशील पार्टीकी संस्थापक रञ्जु दर्शनासहितको समूहले पार्टीको नाम ‘उज्यालो नेपाल’ वा ‘उज्यालो अभियान’ राख्ने विषयमा प्रारम्भिक समझदारी गरेको छ ।

तर, बालेन र कुलमान पार्टीमा औपचारिक रूपमा आवद्ध हुने वा नहुने विषयमा अन्तिम निर्णय नभएकाले दर्ताको मिति टुंगो लागेको छैन ।

दर्शनाका अनुसार, पार्टी दर्ता गर्दा दुवैलाई सदस्य बनाउने कि समझदारीमै राख्ने भन्ने विषयमा पनि निर्णय भइसकेको छैन ।

उनले ऊर्जावान युवाहरूलाई समेट्ने उद्देश्यसहित नयाँ पार्टी बनाउने तयारी अघि बढेको पुष्टि गरिन् ।

प्रकाशित मिति : २०८२, २० कार्तिक बुधबार ००:००  ५ : २८ बजे