२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोफा हबले आफ्ना भाग्यशाली १० जना ग्राहकलाई थाइल्यान्ड भ्रमणमा लैजाने



सोफा हबकाठमाडौंले आफ्ना भाग्यशाली १० जना ग्राहकलाई थाइल्यान्ड भ्रमण गराउने भएको छ । कम्पनीले आफ्नो ‘दशैं–तिहार अफर’ अन्तर्गत भाग्यशाली १० जनालाई निःशुल्क थाइल्यान्ड भ्रमणमा लैजाने भएको हो ।

गत मंगलबार भक्तपुरमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरेको हो । नाम ‘लक्की ड्र’ मार्फत छनोट गरिएको थियो ।

सोफा हबको दशैं–तिहार अफरअन्तर्गत विजेता बनेकामा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुसुमकला गणेश, विनोद गुरु, जमुना केसी, गोमा लामिछाने, तम बहादुर सुनार र माधवप्रसाद दुलाल रहेका छन् ।

‘लक्की ड्र’ मार्फत विजेता घोषणा भएका १० जनालाई छिट्टै थाइल्यान्ड भ्रमणमा लैजाने कम्पनीले जनाएको छ । यसअघि पनि सोफा हबले आफ्ना ग्राहकलाई यस्ता आकर्षक अफरहरू प्रदान गर्दै आएको छ ।

सोफा हब काठमाडौंले आयोजना गरेको चिठ्ठा कार्यक्रममा आफ्नो नाम परेपछि चिठ्ठा विजेताहरूले खुसी व्यक्त गरेका छन् । उनीहरूले नसोचेको भयो अब थाइल्यान्ड जान पाइयो भन्दै हर्ष व्यक्त गरेका छन् ।

कम्पनीका अनुसार दशैं–तिहार र छठको अवसरमा सोफा हबबाट फर्निचर खरिद गर्ने ग्राहक मध्येबाट विजेताहरू छनोट गरिएको हो । कम्पनीले आगामी दिनमा पनि यस्ता ग्राहकमुखी योजना ल्याउने तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शुक्रबार ००:००  १० : २७ बजे