२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानिलकण्ठ नगरपालिका–१३ द्वारा घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण



बुढानिलकण्ठ नगरपालिका वडा नं‍. १३ ले बैंकसम्म जान असमर्थ अपाङ्ग, असक्त र वृद्ध व्यक्तिहरूलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ।

यस अभियानअन्तर्गत बैंकका कर्मचारी, जनप्रतिनिधि तथा वडाका कर्मचारीहरूको संयुक्त टोलीले वडाभित्रका करिब ३० जनालाई घरमै गई भत्ता वितरण गरेको वडाले जनाएको छ।

वडाले यो कार्यक्रममार्फत समाजका असहाय, असक्त र वृद्ध वर्गप्रति स्थानीय सरकारको जिम्मेवारी र संवेदनशीलता प्रकट भएको जनाएको छ।
जनप्रतिनिधिहरूका अनुसार, यस्ता कार्यक्रमहरूले सेवा पहुँचबाट टाढा रहेका नागरिकहरूलाई सहजीकरण गर्दै स्थानीय शासनप्रतिको विश्वास अझ बलियो बनाउने कार्य गरेका छन्।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शुक्रबार ००:००  ११ : १९ बजे