२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कागेश्वरी मनोहरा नगरपालिकाले जापान सरकारको सहयोगमा भित्र्यायो आफ्नै अत्याधुनिक दमकल



कागेश्वरी मनोहरा नगरपालिकाले अब आगलागी नियन्त्रण र उद्धार सेवामा नयाँ उपलब्धि हासिल गरेको छ। नगरपालिकाले जापान सरकारको सहयोगमा अत्याधुनिक दमकल नगरमा भित्र्याएको हो।

यो दमकल ग्रासरुट मानव सुरक्षा परियोजना अन्तर्गत नेपालस्थित जापान राजदूतावासले उपलब्ध गराएको हो। नगरपालिकाका अनुसार उक्त दमकल आउँदो सोमबार नेपालका लागि जापानी राजदुतले औपचारिक रूपमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

हस्तान्तरण पश्चात दमकल चौबीसै घण्टा परिचालन गरिनेछ । दमकलमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ । दमकल नगरका बाटोको बनावटअनुसार सानासाना गल्लीमा समेत पुग्न सक्छ । दमकलमा पानी र फोम दुवै प्रकारको प्रणाली रहेको छ भने उक्त दमकलले ५ देखि ६ तलासम्मको भवनमा आगो निभाउन सक्छ ।

यस दमकलले छिमेकी गोकर्णेश्वर, शंकरापुर र भक्तपुर नगरमा पनि प्रत्यक्ष लाभ पुग्नेछ । आफ्नै अग्नि नियन्त्रण सवारीले नगरपालिकाको उद्धार, आगलागी नियन्त्रण तथा अन्य आपतकालीन सेवामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शुक्रबार ००:००  १ : ०३ बजे