२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीभित्रको विद्रोहले मधेशमा २५ दिनमै ढल्यो सोनल नेतृत्वको सरकार



मधेश प्रदेशमा लोसपा नेता जितेन्द्र सोनल नेतृत्वको सरकार २५ दिनमै ढलेको छ । सदनमा विश्वासको मत पाउने स्थिति नदेखेपछि मुख्यमन्त्री सोनलले राजीनामा दिएका हुन् ।

आज (शनिबार) उनले विश्वासको मत लिने दिन थियो । तर उनले विश्वासको मत नपाएर सरकार ढल्नुमा प्रमुख कारण हो, नेकपा माओवादी केन्द्रको अन्तरद्वन्द्व । यसैको कारण विश्वासको मत नपाउँदै मधेश प्रदेश सरकार ढल्न पुगेको छ ।

गत आसोज २९ गते पाँच दलको ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री नियुक्त भएका थिए । आज विश्वासको मतको लागि बोलाएको प्रदेशसभामा सरकारको मतको लागि चाहिने सत्ता पक्ष र अन्य एक सिटे नागरिक उन्मुक्ति पार्टीले समर्थन दिने निर्णय गरेको थियो । त्यसअनुसार सरकोको विश्वासको लागि ठ्याक्कै ५४ पुगेको थियो ।

तर, नेकपा माओवादी केन्द्रका युवा सांसद रहबर अंसारीले समय माग्दै विद्रोह गरे । सबै दलका नेताका प्रतिनिधिले आफ्नो धारणा राखे । त्यसपछि अंसारीले सभामुख रामचन्द्र मण्डलसँग समय मागे । सभामुखले ३ मिनेटको समय दिए । अंसारी पोडिएममा पुगेर सबै दल र सांसदको परीक्षण भइसकेपछि अब नैतिक धरातल सकिएको उद्घोष गरे । सरकार यहाँको सांसदले नभएर केन्द्रले बनाएको भन्दै उनले विश्वासको मत नदिने पनि घोषणा गरे । सभामुखले माइक काटेपछि उनले आफैसँग लगेको मोसो आफ्नै अनुहारमा दले । र माइक काटेपनि सदन, सरकार भ्रष्टाचारको विषय उठाएर बोलिरहे ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक आइतबार ००:००  १० : २४ बजे