२०८३, २३ बैशाख बुधबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङ घुम्न गएका बाबुछोरी मृत भेटिए



मनाङमा घुम्न आएका दुई भारतीयको शव सशस्त्र प्रहरीले फेला परेको छ। ३ कात्तिकदेखि सम्पर्कविहीन भएका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो फेला पारेको हो।

मनाङको ङिस्याङ गाउँपालिका ४ स्थित ग्याल्सेन होटेलबाट ३ कात्तिकमा वडा नम्बर ५ मा रहेको मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरु सम्पर्कविहीन भएका थिए । प्रहरी प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मृतक बाबुछोरी हुन्।

उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटेलले खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।

सम्पर्कविहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजी गरिरहेकामा नभेटिएपछि पुन: २३ कात्तिकमा सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरुको शव गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो।

प्रकाशित मिति : २०८२, २३ कार्तिक आइतबार ००:००  ३ : ३२ बजे