२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानीलकण्ठमा क्षयरोग सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न



बुढानीलकण्ठ नगरपालिकाको सभाहलमा जनस्वास्थ्य महाशाखा र बुढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा क्षयरोग सम्बन्धी प्रशिक्षण प्रशिक्षक (TOT) कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य क्षयरोग नियन्त्रण, उपचार र रोकथामका लागि दक्ष प्रशिक्षक तयार पार्नु रहेको जनाइएको छ। स्थानीय स्वास्थ्यकर्मीहरूलाई लक्षित गरिएको सो प्रशिक्षणमा क्षयरोगको समयमै पहिचान गर्ने, उपचार व्यवस्थापन गर्ने र सामुदायिक तहमा जनचेतना अभिवृद्धि गर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमका आयोजकहरूले यस प्रशिक्षणले बुढानीलकण्ठ क्षेत्रका स्वास्थ्य सेवामा थप दक्षता ल्याउने र क्षयरोग नियन्त्रणमा प्रभावकारी योगदान पु¥याउने अपेक्षा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २५ कार्तिक सोमबार ००:००  ११ : ४२ बजे