२०८३, १० भदौ बुधबार | Thu Aug 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामकुमारी र किसान श्रेष्ठसहितका नेता चार वर्षपछि फर्किए एमालेमा



नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठसहित दजनौँ नेता कार्यकर्ता एमाले फर्किएका छन् । राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले एमालेमा उनीहरूलाई स्वागत गरे ।

अहिले कार्यक्रम जारी छ। आज ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ मात्रै हुने कार्यालय सचिव डा। भीष्म अधिकारीले बताए।

उनले भने, ‘यो अभियानको घोषणा मात्र हो, विभिन्न जिल्लामा जिल्ला स्तरका घर फर्क अभियान अब निरन्तर चल्छ।’

अध्यक्ष केपी शर्मा ओलीले विगतमा एमाले छाडेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेका थिए। नेकपा एसका अध्यक्ष माधव नेपालले माओवादी केन्द्रसहित दलहरूसँग एकता गर्ने निर्णय गरेपछि झाँक्रीसहितका नेताहरू घर फर्किएका हुन्।

२०७८ भदौमा एमाले विभाजन गरेर माधव नेपाल नेतृत्वमा नेकपा एस दर्ता गरिएको थियो । अहिले माओवादीसँग एकता गरेसँगै नेकपा एसको एउटा तप्का मूलघरमै फर्किएका हुन् ।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार ००:००  ४ : २५ बजे