२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फाल्गुनन्द जयन्ती पाँचथरको फाल्गुनन्दमा विभिन्न कार्यक्रम गरि मनाइदै,



आज किराँत धर्मका महागुरु भनेर चिनिएका फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती। किराँत धर्मको प्रवर्तकका रूपमा चिनिएका उनी २५ कात्तिक १९४२ मा इलामको चुक्चिनाम्बा भन्ने ठाउँमा जन्मिएका थिए। उनको न्वारनको नाम भने नरध्वज लिङ्देन हो।

समाज सुधारमा उनले पु¥याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०६६ सालमा फाल्गुनन्दलाई १६औँ राष्ट्रिय विभूतिका रूपमा घोषणासमेत गरेको थियो। साथै, सरकारले उनको फोटो अंकित हुलाक टिकटसमेत प्रकाशन गर्दै आएको छ। किराँत धर्म मान्नेहरूका लागि सरकारले आज बिदासमेत दिएको छ।

आज फाल्गुनन्द गाउँपालिकाले पनि विभिन्न स्थानमा कार्यक्रम गरेर महागुरु फाल्गुनन्दको जन्मजयन्ती धुमधामका साथ मनाएको छ ।
किरात भाषा, संस्कृति तथा समाज सुधारमा महत्त्वपूर्ण योगदान पु¥याएकाले फाल्गुनन्द जन्म जयन्तीलाई हरेका वर्ष विशेष पर्वको रुपमा मनाइने फाल्गुनन्द गाउँपालिका अध्यक्ष
बृज हाङ आङ्दाम्बेले अनलाइन सरोकारलाई बताउनु भयो ।

समाज सुधारका लागि उनले जारी गरेको सात बुँदे सत्य धर्म मुचुल्काु आज पनि उत्तिकै सान्दर्भिक रहेको छ। उनको जन्मस्थान चुक्चिनम्बा भए पनि ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमिको रूपमा फक्ताक्लुङलाई लिइन्छ।

उनले दोस्रो विश्वयुद्धमा भारतीय सिपाही (इण्डियन लाहुरे) बनेर युद्ध लडेका पनि बताइन्छ। युद्धबाट फर्किएरपछि ध्यान, कर्म तथा धार्मिक, सांस्कृतिक सुधारमा लागेका पाइन्छ।

फाल्गुनन्दको निधन २२ चैत २००५ मा ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा भएको थियो।

प्रकाशित मिति : २०८२, २६ कार्तिक मंगलबार ००:००  ३ : ४७ बजे