२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिरुवा गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न



स्याङ्जाको बिरुवा गाउँपालिकाले आव २०८२ – ०८३ का लागि प्रदान गरिरहेका सेवा, सुविधा र प्रभावकारिता सम्बन्धी प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुँवर, उपाध्यक्ष भगवती शर्मा, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, वडा अध्यक्षहरू तथा स्थानीयवासीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उठाएका गुनासा र प्रश्नहरूमा जनप्रतिनिधिहरूले जवाफ दिएका थिए।

अध्यक्ष कुँवरले गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासजस्ता क्षेत्रहरूमा निरन्तर काम गरिरहेको बताउँदै सडक निर्माणदेखि अन्य विकास गतिविधिहरूमा गाउँपालिका सक्रिय रहेको उल्लेख गरे।

उनले बिरुवा गाउँपालिका स्याङ्जा जिल्लामै बेरुजु–शून्य पालिका भएको जानकारी दिँदै आगामी दिनमा हरेक क्षेत्रमा विकासलाई प्राथमिकतामा राखी नागरिकको आधारभूत आवश्यकता पूरा गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २०८२, २७ कार्तिक बिहिबार ००:००  ५ : ३४ बजे