२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु , २१ जना बेपत्ता



इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन्।

मध्य जाभाको सिलाकाप जिल्लाका तिनवटा गाउँमा बिहीबार गएको पहिरोले कयौँ घरहरू पुरियको तथा र क्षति ग्रस्त भएको जनाइएको छ।

“शुक्रबार सम्म, संयुक्त उद्धार टोलीले २३ जनालाई जीवित उद्धार गरेको , दुई जनाको शव बरामद गरेको तथा अन्य २१ जना बेपत्ताको खोजी जारी रहेको राष्ट्रिय विपद् एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले विज्ञप्ति मार्फत जनाए। बेपत्ता तथा पीडितहरूको खोजी गर्न निरन्तर रुपमा खोजी तथा उद्धार अभियान चलिरहेको मुहारीले बताए।

कठिन भुभागका कारण उद्धार तथा राहत कार्यमा बाधा भएको उल्लेख गर्दै तत्काल सहयोग गर्न भारी उपकरण तैनाथ गरिएको उनले जनाए ।

यस हप्ताको सुरुमा मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीले चरम मौसमी चेतावनी जारी गर्दै हाइड्रोमेटियोलोजिकल प्रकोप र इन्डोनेसियाका धेरै क्षेत्रहरूमा आउँदो हप्ताहरूमा उच्च वर्षा हुन सक्ने जनाइएको थियो।

यस अघि नोभेम्बरमा पपुवा नामक क्षेत्रमा आकस्मिक बाढी र पहिरो आउदा कम्तीमा १५ जनाको मृत्यु भएको थियो भने थप आठ जना बेपत्ता भएका थिए।

प्रकाशित मिति : २०८२, २९ कार्तिक शुक्रबार ००:००  १२ : ५० बजे