सामाजिक संस्था योगदान राष्ट्रको लागि अभियानले आफ्नो ५औँ वार्षिक साधारण सभा कात्तिक २९ गते, शनिबारका दिन ए-वान पार्टी प्यालेस, सरस्वतीनगर–चाबहिलमा अत्यन्तै उत्साहपूर्ण, भव्य तथा अनुशासित माहोलमा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष ओम प्रसाद उप्रेतीको अध्यक्षता र संस्थाका स्वास्थ्य सल्लाहकार तथा ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा.सुवास घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
कार्यक्रमको सुरुवात संस्थाका केन्द्रीय उपाध्यक्ष राहुल कौशलको स्वागत मन्तव्यबाट गरियो। कार्यक्रममा देश–विदेशबाट आएका सामाजिक व्यक्तित्व, कलाकार, पत्रकार, सुरक्षाकर्मी, आजीवन सदस्य तथा प्रतिनिधिहरुको सहभागीता विशेष उल्लेखनीय थियो।
कार्यक्रममा वरिष्ठ कलाकार तथा नायक रमेश उप्रेती ,पूर्व सुरक्षाकर्मी परिषद्को संरक्षक एवं राष्ट्रिय सेवा दलका पूर्व कार्यकारी महानिर्देशक उपरथी सुरेश कुमार कार्की, वरिष्ठ पत्रकार विरेन्द्र जैरु, पब्लिक रिलेशन नेपालका संचालक तथा वरिष्ठ पत्रकार नविन धमला, प्रमुख सल्लाहकार श्यम कँडेल, सल्लाहकार एवं आजीवन सदस्य रामकृष्ण घिमिरे, गोकर्णेश्वर नगर समिति अध्यक्ष कृष्णप्रसाद चौलागाई, काठमाडौं महानगर समिति अध्यक्ष शर्मिला थापा,निजगढ नगर समिति अध्यक्ष सरस्वती चौलागाई, आजीवन सदस्य बबि भारती,काठमाडौं महानगर समिति सल्लाहकार एवं आजीवन सदस्य लक्ष्मी बरालको उपस्थित रहको थियो ।
कार्यक्रममा प्राथमिक उपचारको क्षेत्रमा उत्कृष्ट योगदान थालेका दुई व्यक्तिहरूलाई ‘CFN HERO’ सम्मान प्रदान गरिएको छ ।
- पुरुषतर्फ: धादिङका राजकुमार बिसुराल (आजीवन सदस्य)
- महिलातर्फ: काठमाडौंकी बिजना त्रिताल (काठमाडौं महानगर समिति कोषाध्यक्ष)
त्यसैगरी:
- उत्कृष्ट पालिका समिति – काठमाडौं महानगर समिति
- उत्कृष्ट पालिका अध्यक्ष – इटहरी उपमहानगर समिति अध्यक्ष डा. खगेन्द्र ओली
- उत्कृष्ट अन्तर्राष्ट्रिय पालिका समिति – यूएई समिति
- महिला उद्यमी सम्मान – आजीवन सदस्य रेखा शर्मा चौधरी
अतिरिक्त, विभिन्न पालिका समितिहरू, आजीवन सदस्य तथा योगदान पुर्याउँदै आएका व्यक्तित्वहरूलाई धन्यवाद तथा सम्मान पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको सञ्चालन प्रवक्ता हिरण्यराज उप्रेती र कार्यालय प्रमुख बेलिना थापाले गरेका थिए।
योगदान राष्ट्रको लागि अभियानले विगत पाँच वर्षदेखि सामाजिक सेवा, स्वास्थ्य, आपतकालीन उपचार, मानवीय सहयोग र राष्ट्रिय चेतना विस्तारमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको छ। पाँच वर्षको यात्रापछि यो साधारण सभाले संस्थाको भावी योजना, संगठन विस्तार र अभियानलाई अझ प्रभावकारी बनाउने संकल्प व्यक्त गरेको छ।












