२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दोस्रो संस्करणको एनपीएल सोमबारदेखि, सम्पूर्ण तयारी पूरा



नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सबै तयारी पूरा भएको घोषणा गरेको छ । प्रतियोगिता पर्सि सोमबारदेखि मंसिर २७ गतेसम्म सञ्चालन हुनेछ ।

क्यानका महासचिव पारस खड्काले शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका सबै आवश्यक तयारी सकिएको जानकारी दिए ।

यस वर्षको एनपीएलमा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच हुनेछ । यसअघि पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगिताका विजेताले १ करोड १० लाख रुपैयाँ पाउनेछन् । उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ र चौथो स्थान हासिल गर्नेले १५ लाख रुपैयाँ प्राप्त गर्ने क्यानले जनाएको छ ।

एनपीएललाई नियमित रूपमा व्यावसायिक लीगका रूपमा अघि बढाउने लक्ष्यसहित क्यानले यसपटक प्रतियोगिता आयोजना गरेको छ ।

प्रकाशित मिति : २०८२, १ मंसिर आइतबार ००:००  १ : २३ बजे