२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानिलकण्ठमा धोबिढुँगा खानेपानी आयोजनाबारे अन्तिम DPR छलफल सम्पन्न



बुढ़ानीलकण्ठ नगरपालिकामा धोबिढुँगा खानेपानी आयोजना निर्माणसम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (DPR) को अन्तिम प्रतिवेदनबारे छलफल कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षता र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा आयोजनाको प्राविधिक पक्ष, सम्भाव्यता अध्ययन, लागत अनुमान तथा आगामी कार्यान्वयन प्रक्रिया विस्तृत रूपमा प्रस्तुत गरिएको थियो। प्रस्तुतिका आधारमा सहभागी सरोकारवालाबाट सुझाव–सिफारिस संकलन गरी योजनालाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको जनाइएको छ।

छलफलमा स्थानीय तहका जनप्रतिनिधि, प्राविधिक विज्ञ, योजना सरोकारवाला, विभिन्न वडाका प्रतिनिधि तथा समुदायका सदस्यहरूको सक्रिय उपस्थिति रहेको थियो। सहभागीहरूले धोबिढुँगा खानेपानी आयोजनालाई दिगो, व्यवस्थित र दीर्घकालीन आवश्यकताअनुरूप अघि बढाउन महत्वपूर्ण मार्गनिर्देशन प्रदान गरेको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०८२, १ मंसिर आइतबार ००:००  ५ : ०२ बजे