२०८२, २५ मंसिर बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोलामा ३ हजार ८ सय घट्यो सुन



मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४३ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

छ दिनमा सुनको भाउ तोलामा १० हजार ७ सय रुपैयाँ घटेको छ । कात्तिक २७ गते २ लाख ५० हजार २ सयमा सुनको कारोबार भएको थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३१५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३०९० रुपैयाँमा कायम भएको छ । यसअघि असोज ३१ गते चाँदीको भाउ प्रतितोला ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रकाशित मिति : २०८२, ३ मंसिर मंगलबार ००:००  ११ : ३१ बजे