। नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो दोस्रो खेलमा काठमाण्डू गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ पहिलो पावर प्लेमै धराशायी बनेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले पहिलो पावर प्ले (६ ओभर) मा शीर्ष क्रमका चार ब्याटरलाई गुमाएको हो । ६ ओभरमा सुदूरपश्चिमले २७ बनाउँदा चार विकेट गुमाएको छ ।
सुदूरपश्चिमले ओपनरद्वय जस ब्रोन र विनोद भण्डारीसँगै क्रिस लिन र इशान पाण्डेलाई गुमाएको हो । ब्रोन र विनोद डक हुँदा लिनले दुई र इशानले ११ रन जोडे ।
प्रतियोगितामा काठमाण्डूको यो दोस्रो खेल हो । काठमाण्डूले यसअघि पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले निराश बनाएको थियो ।
यता, सुदूरपश्चिमको भने यो पहिलो खेल हो । यसअघि, यी दुई टिमले पहिलो संस्करणमा एकपटक एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरेको थिए । लिग चरणको उक्त खेलमा सुदूरपश्चिमले काठमाण्डूविरुद्ध ७३ रनको सहज जित निकालेको थियो ।












