२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल प्रिमियर लिगमा म्याच फिक्सिङ



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको नेपाल प्रिमियर लिगमा म्याच फिक्सिङको प्रस्ताव भएको खुलेको छ ।

एनपीएल खेल्ने खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया नगरपालिका–८ का मगरागडी घर भइ भारतको चण्डिगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी छन् ।

उनीहरूलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले एनपीएल खेलिरहेका खेलाडीहरूलाई म्याच फिक्सिङको प्रस्ताव गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतले अनलाइनखबरलाई बताए ।

ती अधिकृतका अनुसार यो समूहले एक खेलाडीलाई रन आउट हुन प्रस्ताव गरेका थिए । रन आउट भइदिएबापत ती खेलाडीलाई एक करोड रुपैयाँ दिने प्रस्ताव गरिएको थियो ।

तर ती खेलाडीले मानेनन् । यसबारे प्रहरीलाई जानकारी गराए । प्रहरीले यो सबै सूचना लिएपछि म्याचफिक्सिङको प्रस्ताव गर्ने उनीहरू पक्राउ परेका हुन् ।

प्रकाशित मिति : २०८२, ५ मंसिर बिहीबार ००:००  १२ : ०० बजे