२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरका ४९ जिल्लामा निषेधाज्ञा



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

जिल्लामा संक्रमणको अवस्थालाई हेरेर आंशिक तथा पूर्णरुपमा निषेधाज्ञा जारी भएको गृहमन्त्रालयका सुचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

पूर्ण निषेधाज्ञा भएका जिल्लामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, सुनसरी, सर्लाही, स्याङजा, सिरहा लगायतका रहेका छन् ।

पछिल्लो केहि दिनयता निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या कम भएको छ । यसअघि ५१ जिल्लामा निषेधाज्ञा जारी गरिएकोमा गुल्मी, पाँचथर र कालिकोटमा निषेधाज्ञा हटाइएको छ ।

सरकारले जिल्ला तथा विभिन्न स्थानीय तहमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।

प्रकाशित मिति : २०७७, १४ भाद्र आइतबार ००:००  ४ : १५ बजे