२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खिजीदेम्बामा आठौँ राष्ट्रपति रनिङ–शिल्ड भव्य रूपमा हुँदै



ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा मंसिर ४ गतेदेखि आठौँ राष्ट्रपति रनिङ–शिल्ड प्रतियोगितासूरु भएको छ ।
गाउँपालिकाको प्रायोजन तथा हिमगङ्गा मा.वि.को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष गोम्बु शेर्पा र उपाध्यक्ष शुशिला तामाङले संयुक्त रूपमा गरेका थिए।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाअन्तर्गत ९ वडामा रहेका ७ माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्।
यस वर्षको प्रतियोगितामा भलिबल, लङ–जम्प, १०० मिटर दौड, रिले रेसलगायतका विभिन्न खेल प्रतिस्पर्धाहरू समावेश गरिएको कार्यक्रम संयोजक विजय लामाले अनलाइन सरोकारलाई जानकारी दिए।

उनका अनुसार स्थानीय तहबाटै प्रतिभा पहिचान, खेलकुद प्रवद्र्धन तथा विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजन गरिएको हो।


प्रतियोगिता अवलोकन गर्न गाउँपालिकाका स्थानीय बासिन्दा, विद्यार्थी, खेल प्रेमी, जनप्रतिनिधि तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

समुदायको उत्साहपूर्ण सहभागितासहित प्रतिस्पर्धा थप रोचक र भव्य रूपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२, ६ मंसिर शुक्रबार ००:००  १ : ४६ बजे