२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४० वर्षपछि फर्किएका नागरिकलाई बाह्रविसेको उपहार-घर निर्माणका लागि ५ लाख



सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका पछिल्लो समय नागरिकको हरेक दुःख–सारोमा साथ दिने स्थानीय तहको रूपमा पहिचान बनाउँदै आएको छ। सोही क्रममा करिब ४० वर्षपछि आफ्नै नगर क्षेत्रका हराइरहेको रहेको एक ब्यक्ति फेला परेपछि, नगरपालिकाले तत्काल बसोबास र पुनस्र्थापना प्रक्रिया अघि बढाएको छ।

नगरपालिकाले घर निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। साथै वैकल्पिक आय–आर्जनको व्यवस्थापन गर्न नगर प्रमुख बालकृष्ण बस्नेतले बाख्रा पालनका लागि थप २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

बस्ने घर नहुँदा केही जग्गा मात्रै रहेको अवस्थामा रहेका वडा नं. ७ डाँडागाउँका हरि बहादुर खत्री बिचारि को घर अब नगरकै सहयोगमा बन्ने भएको हो।

प्राविधिक टिमले आवश्यक प्रक्रिया अघि बढाइरहेकोले यही मंसिर महिनादेखि नै निर्माण कार्य सुरू हुने मेयर बस्नेतले अनलाइन सरोकारसँग बताएका छन्।

यसअघि पनि नगरपालिकाले नागरिकको दुःख–कष्टमा साथ दिने क्रममा वडा नं. ८ की अपाङ्गता भएका राजकुमारी खत्रीलाई कृत्रिम खुट्टा हस्तान्तरण गरेको थियो।

नागरिकमैत्री कार्यमा सक्रिय बाह्रविसे नगरपालिकाको यो पहलले स्थानीयवासीमा सकारात्मक ऊर्जा थपिएको छ।

प्रकाशित मिति : २०८२, ६ मंसिर शुक्रबार ००:००  ४ : १८ बजे