२०८२, २५ मंसिर बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री भेट्न पुगेका मिराज ढुंगानासहितका जेन-जीलाई प्रहरीले लखेट्यो



प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन-जी समूहलाई आज पनि सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । हिजो अपरान्ह पनि २१ वटा जेन-जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

आज बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको छ । सोक्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो । सरकारले प्रहरी लगाएर युवाहरूको आवाज दमन गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।

युवाको विद्रोह फगत ०८४ सालको निर्वाचन ०८२ सालमा गर्नको लागि मात्र नभएको भन्दै उनीहरूले कार्की सरकारले आफूहरूको माग पूरा गर्न नसकेको र घाइते तथा शहीदको सपना साकार पार्न असम्भव देखेको बताएका छन् ।

प्रकाशित मिति : २०८२, १० मंसिर मंगलबार ००:००  १ : ३७ बजे