२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामसीताको विवाह उत्सव मनाउँदै जनकपुरबासी



त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बरको आयोजना गरिएको छ। राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ । अहिले १२ विगाहा स्थित स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : २०८२, १० मंसिर मंगलबार ००:००  २ : ०३ बजे