२०८२, २३ मंसिर सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामसीताको विवाह उत्सव मनाउँदै जनकपुरबासी



त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

जनकपुरधामको ऐतिहासिक रङ्गभूमि मैदान १२ बिघामा सीता र रामको स्वयम्बरको आयोजना गरिएको छ। राम र जानकीको डोलालाई जनकपुर परिक्रमा गराइनेछ । त्यसपछि जानकी मन्दिर पुगेर राति विवाहको कार्यक्रम हुनेछ । अहिले १२ विगाहा स्थित स्वयम्बर हेर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति छ ।

प्रकाशित मिति : २०८२, १० मंसिर मंगलबार ००:००  २ : ०३ बजे