२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाबाट एमालेका सबै महाधिवेशन प्रतिनिधि ईश्वर पोखरेल पक्षबाट विजयी



नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुंगाबाट सबै प्रतिनीधि ईश्वर पोख्रेल पक्षका विजयी भएका छन् । प्रतिनिधि छनौटका लागि शनिवार भएको मतदान प्रकृयाबाट चुनाव जितेर ईश्वर पोखरेल पक्षका नेताहरु प्रतिनिधि बनेका हुन् ।

ओखलढुंगाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने १२ जनामा खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञान बहादुर खड्का, कमल प्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत विजयी भएका छन् । यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएका छन् । युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधि निर्वाचित यि सबै नेता जिल्लामा अम्बिर गुरुङ निकट हुन् ।

केन्द्रमा ईश्वर पोखरेललाई आदर्श नेता मान्ने गुरुङले पोखरेल ओखलढुंगामै जन्मिएका नेता भएकाले पनि पार्टीको केन्द्रीय अध्यक्षको उम्मेदवार बन्दा सघाउनुपर्ने तर्क गर्दै आएका छन् । जिल्लाबाट छानिएका प्रतिनिधि सबै गुरुङ निकट भएकाले पोखरेलकै पक्षमा उभिने छन् ।

१२ जना प्रतिनिधि छनौट गर्नुपर्नेमा ४१ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारहरु बीच सहमति नजुटेपछि निर्वाचन कमिटीले पार्टीको अपानी अनुसार मतदान गराएर प्रतिनिधि छानेको निर्वाचन कमिटी प्रमुख सोभितमान गुरुङले बताए । प्रतिनिधि छनौटका लागि भएको मतदानमा १५१८ मत खसेको थियो ।

प्रकाशित मिति : २०८२, १५ मंसिर आइतबार ००:००  १० : ०२ बजे