२०८२, २३ मंसिर सोमबार | Tue Dec 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहाड नग्न बन्ने क्रम तीव्र : विकास निर्माणको दुरुपयोगले प्रकृति संकटमा



देशभर तीव्र गतिमा भइरहेको विकास–निर्माणका गतिविधिले पहाडहरू नाङ्गिँदै जाने क्रम रोकिएको छैन। सडक, भवन, र अन्य संरचना विस्तारका नाममा अनियन्त्रित डोजर प्रयोग र वन फँडानीले मात्र मानव जीवनमा हैन, सम्पूर्ण जीवित प्राणीहरूको बसोबासमा गम्भीर असर परेको विशेषज्ञहरू बताउँछन्।

लगातार पहाड कटानका कारण वन्यजन्तुको प्राकृतिक आवास खण्डित हुँदै गएको छ। चराचुरुंगीदेखि लिएर साना–ठूला जनावरसम्म आफ्नो थलो गुमाउँदै छन्। पानीका मुहान सुक्ने, पहिरोको जोखिम बढ्ने, माटोको क्षय तीव्र हुने जस्ता समस्या दिनदिनै देखिन थालेका छन्।

पर्यावरणविद्हरूका अनुसार प्रकृति संरक्षण सरकारको मात्र जिम्मेवारी होइन, प्रत्येक नागरिकको कर्तव्य हो। विकासका काम रोक्नुपर्ने होइन, तर वातावरणमैत्री योजना, वैज्ञानिक विधि र दीगो दृष्टिकोण बिना गरिएको निर्माणले भविष्यमा ठूलो विनाश निम्त्याउन सक्छ।

अत्यधिक पहाड कटानको अहिले नै नियन्त्रण नगरे दिगो विकासको लक्ष्य प्राप्त गर्न असम्भव छ। सरकार, स्थानीय तह र नागरिक सबैले संयुक्त रूपमा प्रकृति संरक्षणलाई प्राथमिकता नदिए पहाड नाङ्गिने क्रम केवल वातावरणीय संकट मात्र होइन, मानव अस्तित्वमाथिकै खतरा बन्दै जान सक्छ।

प्रकाशित मिति : २०८२, १६ मंसिर सोमबार ००:००  ११ : ४४ बजे