राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच हुँदै छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा विराटनगरले टस जितेर पहिला बलिङ रोजेको छ ।
सुदूरपश्चिम अपराजित रहेर ६ खेलबाट १२ अंक जोडेर पहिलो क्वालिफायरमा पुगिसकेको छ । आठ अंकसहित प्लेअफमा सुरक्षित भएको विराटनगरलाई भने पहिलो क्वालिफायर खेल्न आजको जित आवश्यक छ ।
राम्रो रनरेटका साथ जित निकालेको सुदूरपश्चिमसँग विराटनगरले पहिलो क्वालिफायर खेल खेल्नेछ । अन्यथा लुम्बिनी लायन्ससँग इलिमिलेटर खेल्नेछ ।
त्यसपछि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र काठमाडौं गोर्खाज भिड्नेछन् । आजै दिउँसो ३ः३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् ।












