२०८२, २४ मंसिर मंगलबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको महाधिवेशनमा २६ सय १३ प्रतिनिधि सहभागी हुँदै



नेकपा एमाले को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ। 

पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुटेका छन्। 

विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आएको बताएका छन्। १ सय ८ जना केन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन्। मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिए। 

तात्कालीन नेकपा (एस) को  ‘घरफर्क अभियान’ बाट आउनेमध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएको उनको भनाइ छ। उीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने अधिकारीले बताए। 

अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भएको छ। ती जिल्लाहरुमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड बनाएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो। 

प्रकाशित मिति : २०८२, २४ मंसिर मंगलबार ००:००  ९ : ५९ बजे