२०८२, २ पुस बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले महाधिवेशनमा मतदान सुरु, एकजनालाई मतदान गर्न ३० देखि ४० मिनेट लाग्ने



नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदान सुरु भएको छ । एमाले अध्यक्षका निम्ति उमेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिवका उमेदवार शंकर पोखरेल र सुरेन्द्र पाण्डेले अहिले मतदान गरिरहेका छन् । 

हिजो नै मतदान हुने भनिए पनि प्राविधिक कारण देखाउँदै आजबाट मतदान सुरु गरिएको हो । 

विद्युतीय भोटिङ मेसिनबाट मतदान भइरहेको छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान भइरहेको हो । एकजनालाई मतदानका लागि ३० देखि ४० मिनेट लाग्ने बताइएको छ । 

एमाले अध्यक्षका निम्ति केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा छन् । उनीहरू प्यानल बनाएरै प्रतिस्पर्धा गरिरहेका छन् ।  महाधिवेशनमा १९ पदाधिकारीका निम्ति ४२ जना प्रतिस्पर्धामा छन् । सबै पदमा गरी ३०० भन्दा बढी उमेदवार छन् ।

प्रकाशित मिति : २०८२, २ पुस बुधबार ००:००  १० : १७ बजे