२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेका मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित



नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ केन्द्रीय सदस्य (खुला) पदमा १५६४ मतसहित निर्वाचित हुनुभएको छ। केपी ओली समूहबाट उम्मेदवारी दिनु भएका श्रेष्ठ संगठन, संघर्ष, संसद र सरकारमा लामो अनुभव बोकेका नेता हुनुहुन्छ।

विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गरेका सिराहा गोलबजार–७ निवासी श्रेष्ठ यसअघि केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटी सदस्यको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। पार्टी एकता र संगठन सुदृढीकरणलाई प्राथमिकता दिने नेताका रूपमा उहाँ चिनिनुहुन्छ।

प्रकाशित मिति : २०८२, ३ पुस बिहीबार ००:००  ३ : ३१ बजे