२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्मिता थापा बनिन् एमालेको ‘अण्डर थर्टी’ उम्मेदवार,ओली प्यानलको खुला महिला कोटामा



२०७९ को स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरको जनप्रतिनिधि बनेर चर्चामा आएकी ओखलढुंगाको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापा एमाले केन्द्रीय कमिटीमा पनि सबैभन्दा कान्छो उम्मेदवारका रुपमा डेब्यु गरेकी छन् ।थापा नेकपा एमालेको ११ औं महाधिवेशनमा जेनजी पुस्ताबाट सम्भवतः एकमात्र उम्मेदवार बनेकी छन् ।

थापाले केपी ओली प्यानलबाट उम्मेदवारी दर्ता गराएकी छन् । २९ वर्षीया थापा खुला केन्द्रीय सदस्यको महिला क्लस्टरमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कोशी प्रदेशकी मन्त्री सिर्जना राई र समर्थकमा अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठ बसेका छन् ।

कोशी प्रदेशका नेताहरुले उनलाई केन्द्रीय सदस्यमा प्रस्ताव गरेका थिए । हाल ओखलढुंगा जिल्ला कमिटी उपसचिव रहेकी थापा अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रहेकै बेला २०७९ को स्थानीय तह निर्वाचनमा लिखु गाउँपालिका उपाध्यक्ष बनेकी थिइन् ।

उनि पार्टीमा आफूहरुजस्ता नयाँ पुस्ता,आन्दोलनबाट स्थापित युवा नेताहरुसहितको दोस्रो पुस्ता र पार्टी स्थापनादेखि देशमा लोकतान्त्रिक तथा कम्युनिस्ट आन्दोलनको नेतृत्व गरेको पहिलो पुस्तासहितको समिश्रणमा नयाँ रुपान्तरण आवश्यक भएको बताएकी छन् ।

प्रकाशित मिति : २०८२, ३ पुस बिहीबार ००:००  ३ : ४४ बजे