२०८२, ६ पुस आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकप्रिय मतसहित विष्णुलाल गिरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा निर्वाचित



नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौंको अध्यक्षमा विष्णुलाल गिरी निर्वाचित भएका छन्। शनिवार सम्पन्न महासंघको २२औँ साधारण सभा तथा नवौँ अधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन्।

अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले २५७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तुलसीप्रसाद अवस्थीले १८५ मत ल्याएका थिए। महासंघको अध्यक्षसहित सम्पूर्ण नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरू निर्वाचन प्रक्रियामार्फत चयन भएका छन्।

नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा दिलिप पुरी, द्वितीय उपाध्यक्षमा इश्वरीप्रसाद मरासिनी, सचिवमा धनन्जय पौडेल, सहसचिवमा राजन सिवाकोटी र कोषाध्यक्षमा गोविन्द पौडेल निर्वाचित भएका छन्। यस्तै लेखा समिति संयोजकमा निशा सापकोटा तथा खुला सदस्यमा बुद्धि विष्ट, दीपक लामिछाने, मदन ढकाल, रविन्द्र कार्की, सुजन बराल र उद्धव घिमिरे निर्वाचित भएका छन्।

यसअघि महासंघमा श्रेष्ठता, सक्रियता र कार्यसम्पादनका आधारमा सर्वसम्मत रूपमा प्रथम उपाध्यक्षलाई अध्यक्ष चयन गर्ने अभ्यास रहँदै आएको थियो। तर यसपटक तुलसीप्रसाद अवस्थीले अध्यक्ष पदमा उम्मेदवारी दिएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो।

२०७० सालमा महासंघको सदस्यता लिएका गिरी २०७५ मा कार्यसमिति सदस्य, २०७७ मा सचिव तथा २०८० मा सम्पन्न अधिवेशनबाट लोकप्रिय मतसहित प्रथम उपाध्यक्षमा निर्वाचित भएका थिए। उनी काठमाडौंका सफल पुस्तक व्यवसायीका रूपमा परिचित छन्।

अध्यक्षमा निर्वाचित भएपछि गिरीले सबै व्यवसायीलाई समेटेर एकताबद्ध रूपमा अघि बढ्ने प्रतिवद्धता जनाएका छन्। महासंघको मूल नीति ‘गुणस्तरीय उत्पादन–मर्यादित व्यापार, नीति निर्माणमा पहुँच–सांगठनिक आधार’ अनुसार नतिजामूलक काम गर्ने उनले बताएका छन्।

“नेतृत्व चयनको प्रक्रियामा निर्वाचन भए पनि अब सबै व्यवसायीलाई सँगै लिएर साझा उद्देश्य र नतिजामूलक काममा अघि बढ्छौं,” गिरीले भने। व्यवसायीको हितमा बजार व्यवस्थापन, सरकारसँग पहल तथा पैरवीमार्फत माग सम्बोधन गराउने योजना रहेको पनि उनले जानकारी दिए।

प्रकाशित मिति : २०८२, ६ पुस आइतबार ००:००  २ : ५२ बजे