नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदो फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन हुनैपर्ने बताएका छन् । सोमबार (पुस ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
समयमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने अनिश्चय पैदा भएको उनले उल्लेख गरे । निर्वाचन समयमै हुनुपर्नेमा उनले जोड दिए ।
उनले परिणाम खोज्नेभन्दा पनि निर्वाचन गराएर नयाँ जनादेशसहित सरकार बनाउने विषय प्रमुख रहेको बताए । हाल संविधान ‘ट्रयाक’भन्दा बाहिर गएको उनले टिप्पणी गरे । समयमै निर्वाचन गराएर संविधानलाई सही मार्गमा ल्याउनुपर्ने उनले बताए ।












