२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बंगलादेशमा कट्टरपन्थीहरूको निशानामा सञ्चारमाध्यम र पत्रकार



बंगलादेशमा गत बिहीबार युवा नेता उस्मान हादीको मृत्युपछि भड्किएको हिंसाको आडमा कट्टरपन्थी शक्तिहरूले सञ्चारमाध्यमहरूलाई निशाना बनाइरहेका छन् ।  

देशका दुई प्रमुख संस्था ‘द डेली स्टार’ र ‘प्रथम आलो’माथि ठूलो मात्रामा भएका आक्रमण, लुटपाट र आगजनीले मोहम्मद युनुसको नेतृत्वको सरकारलाई पनि कटघरामा उभ्याएको छ । बंगलादेशको इतिहासमा अहिलेसम्म कुनै सञ्चारमाध्यममाथि यति ठूलो मात्रामा आक्रमण भएको थिएन ।

सम्पादक र पत्रकारहरूले देशमा अभिव्यक्तिको स्वतन्त्रता बाँकी नरहेको बताएका छन् । यहाँ बाँच्न पाउने अधिकार नै सबैभन्दा ठूलो मुद्दा बनेको छ । सञ्चारमाध्यमहरू आफ्नो अस्तित्वको लडाइँ लडिरहेका छन् । 

आक्रमण भएका समचार संस्थाहरूमध्ये एक ‘प्रथम आलो’ का सम्पादक मतिउर रहमानले सोमबार एक कार्यक्रममा भने, “बंगलादेशमा कुनै पनि पार्टीले सञ्चारमाध्यमको आलोचना सहन सक्दैन । आवामी लिग सरकारको कार्यकालमा पनि पत्रकारहरूको उत्पीडनका धेरै घटना आएका थिए । 

प्रकाशित मिति : २०८२, ९ पुस बुधबार ००:००  १० : १४ बजे