२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व मन्त्री पौडेलको उपस्थितिमा युवा भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न



नेपाल सरकारका निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलको प्रमुख उपस्थितिमा आयोजक नेपाल तरुण दलका नेता सागर तामाङको नेतृत्वमा पाँच सयभन्दा बढी युवाहरू विच भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रम काठमाडौंस्थित ल्याभिज गार्डेनमा सम्पन्न भएको हो। कार्यक्रममा युवा नेता नारायण हमाल, महाधिवेशन प्रतिनिधि कुमार गुरुङ लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम आपसी भेटघाट, विचार आदान–प्रदान तथा सौहार्दपूर्ण वातावरणमा भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजक नेपाल तरुण दलका नेता सागर तामाङले अनलाइन सरोकारलाई बताउनु भयो ।

प्रकाशित मिति : २०८२, ११ पुस शुक्रबार ००:००  ४ : ४२ बजे