२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४ डिग्रीमा झर्‍यो काठमाडौंको तापक्रम, जुम्लामा –६.३



पछिल्लो समय दिनहुँजसो तापक्रम घटिरहेको छ । चिसो बढ्दो क्रममा छ । काठमाडौंसहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार (पुस २०) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो ।

सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम शनिबार (पुस १९) ४.५, शुक्रबार (पुस १८) ५ डिग्री थियो ।

आइतबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.३ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम शनिबार –४.९ र शुक्रबार –३.४ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

यस दिन डडेलधुराको न्यूनतम तापक्रम २.६, ओखलढुंगाको ४.१, दिपायलको ५.५, ताप्लेजुङको ६, वीरेन्द्रनगरको ६.७, धनकुटाको ७, घोराहीको ७.३, नेपालगन्ज र पोखराको समान ७.७ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २० पुस आइतबार ००:००  १० : १३ बजे