पाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति बैठक आह्वान गरिएको छ । दोस्रो विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन भएसँगै बैठक बस्न लागेको हो ।
बैठक ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बस्ने कांग्रेस नेताले बताएका छन् । बैठकबाट विभिन्न निर्णय गरिनेछ ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबार (पुस ३०) राति सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति बनेका हुन् ।











