२०८३, १८ बैशाख शुक्रबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनको एक कारखानामा विस्फोट हुँदा दुईको मृत्यु, ८४ घाइते



उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँचजना बेपत्ता छन् ।

घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

विस्फोट आइतबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे इनर मंगोलियास्थित ‘बाओगाङ युनाइटेड स्टिल प्लान्ट’ मा भएको हो । शक्तिशाली विस्फोट हुँदा वरपरको क्षेत्रमा ठूलो धक्का महसुस गरिएको थियो ।

विस्फोटपछि आकाशमा धुवाँको ठूलो मुस्लो र जमिनमा जताततै भग्नावशेष छरिएको भिडियोमा देखिएको छ । भवनका छाना र पाइपका टुक्राहरू पनि छरिएका छन् ।

अधिकारीहरूले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेका छन् ।

बाओगाङ युनाइटेड स्टिल चीनको सरकारको स्वामित्वमा रहेको एक ठूलो फलाम र इस्पात उत्पादन गर्ने कम्पनी हो ।

चीनमा औद्योगिक दुर्घटनाको इतिहास लामो छ, जसमा कारखाना विस्फोट, खानी भत्किने र पहिरो जानेजस्ता घटनाहरू बारम्बार दोहोरिने गरेका छन् ।
 

प्रकाशित मिति : २०८२, ५ माघ सोमबार ००:००  १० : २८ बजे