२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षामन्त्री पुनले दिए राजीनामा



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

यसअघि ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राजीनामा दिएका थिए । घिसिङ, खरेल र गुप्ता २१ फागुनको प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्दैछन् । पुनले भने यसबारे केही बताएका छैनन् ।

प्रकाशित मिति : २०८२, ६ माघ मंगलबार ००:००  १० : ३३ बजे