ओखलढुङ्गा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता गरेकी छन् । मनोनयन दर्ताका लागि जाने क्रममा पञ्चेबाजा सहित सयौँको संख्यामा नेता–कार्यकर्ता, युवा, विद्यार्थी तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
मनोनयन दर्ता कार्यक्रमका क्रममा “युवा–विद्यार्थी के भन्छ रु अस्मिता थापालाई ले भन्छ” लगायतका नाराहरू घन्काउँदै समर्थकहरू उत्साहका साथ अघि बढेका थिए । कार्यक्रमले ओखलढुङ्गामा चुनावी माहोल थप तातिएको देखाएको छ ।
जेँजी मोमेन्टपछि नयाँ र युवा नेतृत्वको खोजी भइरहेका बेला अस्मिता थापा ओखलढुङ्गाबाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा अघि बढेकी हुन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएकी छन् ।
स्थानीय स्तरमा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएकी थापालाई ओखलढुङ्गाका अधिकांश नागरिकको समर्थन रहेको बताइएको छ । युवा, महिला तथा परिवर्तन चाहने मतदाताहरूको उल्लेख्य साथ पाएकी थापाले जिल्लाको विकास, सुशासन र समृद्धिका लागि आफू दृढ संकल्पित रहेको बताइन् ।
उनको उम्मेदवारीसँगै ओखलढुङ्गाको प्रतिनिधि सभा निर्वाचन थप प्रतिस्पर्धात्मक र रोचक बनेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।











