२०८३, २२ बैशाख मंगलबार | Wed May 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापा आसपासका पूर्वी जिल्ला पुगेर केही दिनमा काठमाडौं फर्कनेछन् बालेन



राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा आसपासका पूर्वी जिल्ला पुग्ने भएका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारी दर्ता गराउन झापा क्षेत्र नम्बर–५ पुगेका उनी भेटघाट गर्न पूर्वी जिल्ला जान लागेका हुन् ।

ती जिल्ला भ्रमण र भेटघाटपछि उनी केही दिनमा काठमाडौं फर्कने बालेनको सचिवालयका एक सदस्यले बताए । “बालेन दाइले आज बिहानैदेखि झापाका स्थानीय बासिन्दासँग भेटघाट गरिरहनुभएको छ । केही दिन झापा आसपासका पूर्वी जिल्लामा जानुहुन्छ । त्यसपछि पुनः झापा आएर दुई–तीन दिनमै काठमाडौं फर्किनुहुन्छ,” ती सदस्यले भने । 

मंगलबार (माघ ६) बिहान बालेन उमेदवारी दर्ता गराउन झापा–५ पुगेका थिए । उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उमेदवारसँग चुनाव लड्दै छन् ।

प्रकाशित मिति : २०८२, ७ माघ बुधबार ००:००  ३ : ४५ बजे