नेपाली कांग्रेसले निर्वाचन क्षेत्रबाट प्राप्त सुझाव र विज्ञको परामर्शमा चुनावी घोषणापत्रको मस्यौदा तयार गर्दै छ । घोषणापत्रमा परिवर्तनको संवाहक शक्तिका रूपमा कांग्रेसलाई प्रस्तुत गर्ने तयारी छ ।
पार्टी सभापति गगन थापा आइतबार (माघ ११) आफूले उमेदवारी दिएको निर्वाचन क्षेत्र सर्लाही–४ तर्फ लागेका छन् । उनी सर्लाहीबाट फर्किएपछि घोषणापत्रको मस्यौदालाई टुंग्याउने गरी काम अघि बढाइने थापाका विज्ञ सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।
थापा आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग प्रारम्भिक छलफल गरेर काठमाडौं फर्कनेछन् । उनी काठमाडौं–४ छाडेर त्यहाँबाट उमेदवार बनेका हुन् । थापाले सर्लाही–४ का मतदाताको पनि सुझाव ग्रहण गर्ने उनको टिमले जनाएको छ ।
निर्वाचन क्षेत्रको भ्रमणपछि उनी यही माघ १६ गते काठमाडौं फर्कने कार्यक्रम छ ।











