२०८२, २१ फाल्गुन बिहीबार | Thu Mar 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा



दरबारमार्गको एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। दरबारमार्गस्थित होटेल उडल्यान्डको माथिल्लो तलामा रहेका ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्टमा बिहान आगो लागेको थियो । आगो अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक(एसपी) पवनकुमार भट्टराईले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए । आगलागीको कारण भने अझै खुलिसकेको छैन ।

प्रकाशित मिति : २०८२, १६ माघ बिहीबार ००:००  ११ : ४२ बजे