बौद्धिक पेशाकर्मी अभियान परिषद् द्वारा “राजनीति, समृद्धि र पेशाकर्मी” विषयक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रम २०८२ साल फागुन ६ गते बिहान ७ बजेर ३० मिनेटमा काठमाडौं महानगरपालिका वडा नं. ७, सिफलस्थित धोबीखोला करिडोर (कालोपुल र पहिलोपुल बीच) मा रहेको लिला गार्डेनमा सम्पन्न हुने जनाइएको छ।
कार्यक्रममा राजनीति र पेशागत क्षेत्रबीच सहकार्य, देशको समृद्धिमा बौद्धिक वर्गको भूमिका तथा वर्तमान राष्ट्रिय परिवेशबारे विशेष छलफल गरिने आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्व अर्थमन्त्री महेश आचार्य, सामाजिक उद्यमी कमला थापा, काठमाडौं क्षेत्र नं. ४ का प्रतिनिधिसभा उम्मेदवार सचिन तिमिल्सेना तथा बौद्धिक पेशाकर्मी अभियान परिषद्का अध्यक्ष ध्रुव थापा लगायतले आ–आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।
आयोजकका अनुसार कार्यक्रममा विभिन्न पेशागत क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहनेछ ।











